सामाजिक सञ्जाल र मोबाइलको गलत प्रयोगले समाजमा भ्रम र विकृति सिर्जना भइरहेको छ : सभामुख अर्याल
annapurnapost.com · Sun Nov 15 08:07:09 UTC 2026

सिमरा : सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानुनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासनको प्रक्रिया अघि बढाउन सकिने बताएका छन् । बाराको सिमरामा आइतबार आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले संविधान तथा कानुनलाई मिचेर कुनै पनि काम गर्न नमिल्ने बताएका हुन् ।
देश लोकतान्त्रिक प्रणाली र कानूनी राज्यको अभ्यासमा रहेकाले काम गर्न बाधा पुर्याउने पुराना तथा खराब कानुनलाई संशोधन गरेर मात्रै अघि बढ्नुपर्ने सभामुख अर्यालको भनाइ थियो । उनले देशको समृद्धि, सुशासन र विकास निर्माणका लागि अबको ५० औं वर्षसम्म संशोधन गर्न नपर्ने गरी दीर्घकालीन कानुन निर्माणको आवश्यकता रहेको औंल्याए । मधेसका आठ जिल्लामा सबैभन्दा छिटो, सस्तो र सजिलो तरिकाले विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि यहाँको शिक्षा, स्वास्थ्य, सडक र सामाजिक विकास पछि परेकोमा उनले चिन्ता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)