श्रम संस्कृतिका कोशी अध्यक्ष भन्छन्- राज्यसत्तामा पुगेर हर्कवाद लागू गर्नेछौँ (भिडिओ)
nepalpress.com · Sun Nov 15 08:15:46 UTC 2026

विराटनगर । गत निर्वाचनमा श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टीको रूपमा स्थापित भयो । अझ कोशी प्रदेशमा त दोस्रो ठूलो दलको रूपमा उदायो । निर्वाचन हुनुभन्दा केही समयअघि मात्रै दलको रूपमा दर्ता भएर चुनावी अभियानमा होमिएको यो पार्टीसँग त्यतिबेला न संस्थागत संरचना थियो, न त तल्ला कमिटीहरू नै ।
सामाजिक सञ्जालको क्याम्पेनिङबाटै शक्तिमा आएको श्रम संस्कृति पार्टी अहिले भने संस्थागत संरचना निर्माण र विस्तारमा जुटेको छ । पार्टीको तल्लो तहसम्म कमिटी निर्माण गरिरहेको सो पार्टीले युवा र महिला भ्रातृ कमिटीहरू पनि गठन गर्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)