मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोककल्याणको कामना गर्दै सांसद कानुको दण्डवत प्रणाम यात्रा

annapurnapost.com · Sun Nov 15 08:17:00 UTC 2026

वीरगन्ज : पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य (सांसद) सुशीलकुमार कानु घरबाट भुँइपरी (दण्डवत प्रणाम यात्रा) गरेर छठघाट पुगेर छठीमाईको पूजाअर्चना गरेका छन्। लोक कल्याण र समस्त देशवासीको सुख-शान्तिको कामना गर्दै रास्वपा सांसद कानुले आइतबार छठको सँझिया घाटेका दिन वीरगन्ज-१० स्थित आफ्नो निवासबाट दण्डवत प्रणाम यात्रा सुरु गरेर घडिअर्वा छठघाटमा पुगेका हुन्।

सांसद कानु घरबाट छठघाटसम्म सडकमा घस्रेर दण्डवत् प्रणाम यात्रा गर्दै पुग्ने क्रममा साथमा उनका बुवाले छठीमाईको पूजाका लागि पुजन सामग्रीसहितको दौरा बोकेका थिए भने आमाले सांसद कानुको जीउमाथि अक्षता छर्केर आशीर्वाद दिएकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)