मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोहोरकै बाढीबाट उठ्न नसकेको रसुवागढीलाई फेरि हिमबाढीको चोट, बीमा रकम नआउँदा पुनर्निर्माण चुनौतीपूर्ण

aarthiknews.com

काठमाडौं । गत वर्षको बाढीबाट क्षतिग्रस्त संरचना मर्मत गरी बल्लतल्ल तीनवटै युनिटबाट विद्युत् उत्पादन सुरु गरेको रसुवागढी जलविद्युत् आयोजना फेरि भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीले तहसनहस भएको छ । गत वर्षको क्षतिबाट पूर्ण रुपमा तंग्रिन नपाउँदै २०८३ भदौ १० गते आएको अर्को हिमबाढीले आयोजनाका अधिकांश संरचना, पहुँचमार्ग, पुल तथा विद्युत् उपकरणमा ठूलो क्षति पुर्‍याएपछि आयोजना पुनः बन्द भएको छ ।

लगातारको प्राकृतिक विपत्तिले आयोजनाको विद्युत् उत्पादन मात्र प्रभावित भएको छैन, कम्पनीको आम्दानी, नगद प्रवाह र ऋण भुक्तानी क्षमतामा समेत गम्भीर असर परेको छ । पुनर्निर्माणका लागि थप वित्तीय स्रोत आवश्यक पर्ने देखिएपछि पहिले नै ठूलो ऋणको भार बोकेको कम्पनीमाथि थप आर्थिक दबाब सिर्जना भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)