मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी

canadanepal.com · Sun Nov 15 08:19:38 UTC 2026

इलाम - इलामको सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महत व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । उनले आफ्नै गाउँमा गाईपालन व्यवसाय सञ्चालन गरी आफू स्वरोजगार बन्नुका साथै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन् ।

चार वर्षअघि ३० लाख रुपैयाँ लगानी गरेर ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरेका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच वटा दुहुना छन् भने बाँकी पाँच वटा चाँडै बियाउने अवस्थामा छन् । फार्ममा १४ वटा बाच्छीसमेत हुर्किरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)