तीन महिनामा उद्योग क्षेत्रमा १ खर्ब बढीको लगानी प्रस्ताव, कुन क्षेत्रका कति उद्योग ?
arthasansar.com · Sun Nov 15 08:27:55 UTC 2026

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा उद्योग क्षेत्रमा १ खर्ब ४ अर्ब २७ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ । उद्योग विभागमा साउनदेखि असोज मसान्तसम्म दर्ता भएका १९५ उद्योगले उक्त रकम बराबरको लगानी प्रस्ताव गरेका हुन् ।
विभागको त्रैमासिक प्रतिवेदनअनुसार यस अवधिमा १४ ठूला, २२ मझौला र १५९ साना उद्योग दर्ता भएका छन् । यी उद्योग सञ्चालनमा आए १० हजार २२० जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ । पहिलो तीन महिनामा सबैभन्दा धेरै उद्योग सूचना प्रविधि क्षेत्रमा दर्ता भएका छन् । यस क्षेत्रमा ८६ उद्योग दर्ता हुँदा १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ लगानी र ९५० जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)