मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनले बनायो १९ यात्रु क्षमताको विद्युतीय विमान, पहिलो मानवसहितको परीक्षण उडान सफल

barnanmedia.com · Sun Nov 15 08:23:11 UTC 2026

काठमाडौं । चीनले स्वदेशमै विकास गरेको विद्युतीय यात्रुवाहक विमानको पहिलो मानवसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। चीनको सानडोङ प्रान्तस्थित बिन्झाउ सहरमा शनिबार १० टन तौल क्षमताको ‘सीई–२५ए’ (CE-25A) विमानले पहिलोपटक चालकसहित सफल उडान गरेको हो।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार परीक्षण उडानमा दुई पाइलट र एक परीक्षण इन्जिनियर सहभागी थिए। करिब ५८ मिनेटको परीक्षण अवधिमा विमानले १६ मिनेट ३८ सेकेन्ड आकाशमा बिताउँदै ६०.४ किलोमिटर दूरी पार गरेको थियो। परीक्षणका क्रममा विमानको अवस्था सामान्य रहेको र सबै प्राविधिक सूचक अपेक्षाअनुसार पाइएको निर्माण टोलीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)