मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

annapurnapost.com · Sun Nov 15 08:37:46 UTC 2026

विराटनगर : मोरङको रतुवामाईमा ग्यास चुहावटबाट आगलागी हुँदा जलेर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको मृत्यु भएको छ। गम्भीर अवस्थामा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो।

रतुवामाई नगरपालिका–९ भौडा टोलस्थित आफ्नै माइतीघरमा गत कात्तिक २४ गते हलीतिहारका दिन आगलागी हुँदा सुरक्षा घाइते भएकी थिइन्। लोकनाथ भट्टराईको दुईतले घरको भुइँतलामा रहेको भान्छामा ग्यास सिलिण्डरबाट ग्यास चुहिएपछि आगो लागेको थियो। सुरक्षा लोकनाथकी छोरी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)