मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य, हुसेन तलतको अर्धशतक

arthasansar.com · Sun Nov 15 08:40:19 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेन तलतको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो ।

कर्णालीका लागि हुसेन तलतले ३३ बल खेल्दै २ चौका र १ छक्का मदतमा अविजित ५१ रन बनाए । यस्तै ओपनर अरिफुल इस्लामले आक्रमक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्का मदतमा ३५ रन जोडे । पवन सर्रफले २१ बलमा २ छक्का मदतमा १५ रन बनाए । गुल्सन झाले अन्तिमतिर ६ बलमा १ चौका र २ छक्का मदतमा आक्रमक १८ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)