जनकपुरधाममा छठको उल्लास, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
newspolar.com · Sun Nov 15 08:34:59 UTC 2026

जनकपुर। जनकपुरधाममा छठ पर्वको उल्लास छाएको छ । छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदैछन् । यसका लागि जनकपुरधामका विभिन्न पोखरी, तलाउ तथा जलाशयहरूलाई आकर्षक रूपमा सजाइएको छ।
घाटहरूमा पूजाका सामग्री, फलफूल र घरमै तयार पारिएका परिकारसहित व्रतालु तथा श्रद्धालुहरूको चहलपहल बढेको छ । मैथिली संस्कृति र परम्परासँग गहिरो सम्बन्ध रहेको छठ पर्वलाई श्रद्धा, आस्था र शुद्धताको पर्वका रूपमा मनाउने गरिन्छ । षष्ठी परमेश्वरीको पूजा गरिने यस पर्वमा परिवारको सुख, समृद्धि, स्वास्थ्य र समाजको उन्नतिको कामना गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)