अर्थमन्त्री स्वर्णिम वाग्ले कोप–३१ मा सहभागिता जनाएर स्वदेश फिर्ता
canadanepal.com · Sun Nov 15 08:54:37 UTC 2026

काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर आज स्वदेश फर्किएका छन् ।
तुर्किएमा आयोजित सम्मेलनमा अर्थमन्त्री वाग्लेले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । साथै, सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’ मा नेपाललाई १०५औँ सदस्यका रूपमा सहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)