स्पेसएक्सको १५औँ परीक्षण उडान, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण
saralpatrika.com · Sun Nov 15 08:18:57 UTC 2026

लस एन्जलस। अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसिपको १५औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलोपटक प्रक्षेपण टावरको विशेष संरचनाको सहायताले सुरक्षित रूपमा अवतरण गरेको छ।
शुक्रबार दिउँसो अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको स्टारबेस केन्द्रबाट उडान भरेको स्टारसिप शनिबार स्थानीय समयअनुसार दिउँसो करिब ३ः२० बजे पुनः प्रक्षेपणस्थलमा फर्किएको थियो। करिब २२ घण्टा ३० मिनेट अन्तरिक्षमा बिताएर यान सुरक्षित रूपमा अवतरण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)