मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिबाट अध्यात्मको बाटोमा दीपकप्रकाश बास्कोटा: विश्वशान्तिको संकल्पमा वैदिक अभियान

saralpatrika.com · Sun Nov 15 08:46:48 UTC 2026

काठमाडौं। विश्वका विभिन्न भागमा युद्ध, द्वन्द्व र हिंसाका घटना भइरहेका छन्। प्राकृतिक विपत्ति र वातावरणीय असन्तुलनले मानवजीवनलाई थप संकटमा पारिरहेको छ। यस्तो अवस्थामा विश्वशान्ति र मानवकल्याणको कामना गर्दै वैदिक अनुष्ठानलाई अघि बढाउनुपर्ने मान्यता राख्छन् नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटा।

राजनीतिक जीवनमा लामो समय सक्रिय रहेका बास्कोटा अहिले भने सत्ता र शक्तिको प्रतिस्पर्धाभन्दा टाढा छन्। उनको सक्रियता अहिले योग, ध्यान, वैदिक ज्ञान र आध्यात्मिक अभियानमा केन्द्रित छ। उनी अध्यात्मलाई केवल व्यक्तिगत मुक्ति वा धार्मिक कर्मकाण्डका रूपमा होइन, समाज र विश्वलाई सकारात्मक दिशामा लैजाने माध्यमका रूपमा व्याख्या गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)