हुसैन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026
काठमाडौँ। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन जोड्यो। कर्णालीको इनिङ्स उकास्ने क्रममा हुसैन तलतले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५१ रन बनाए भने अरिफुल इस्लामले ३५ रनको महत्त्वपूर्ण योगदान दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)