हेरचाह र घरेलु कामबाट पाँच वर्षमा डेढ लाख रोजगारी सिर्जना गरिने
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ । सरकारले आगामी पाँच वर्षमा हेरचाह र घरेलु कामको क्षेत्रबाटै एक लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीको हेरचाहदेखि घरायसी कामसम्मलाई औपचारिक श्रम बजारमा जोडेर रोजगारीको नयाँ क्षेत्रका रूपमा विकास गर्न लागिएको हो।
युवा, श्रम तथा रोजगार मन्त्रालयले हेरचाह अर्थतन्त्र (केयर इकोनोमी) र घरेलु कार्यलाई सुरक्षित, मर्यादित र सामाजिक सुरक्षासहितको रोजगारीका रूपमा विकास गर्न ‘राष्ट्रिय हेरचाह अर्थतन्त्र तथा घरेलु कार्य रोजगार कार्यक्रम’ (एनसीडीईपी) अघि बढाएको छ। मन्त्रालयका अनुसार गत कात्तिक २० गते कार्यक्रमको अवधारणा स्वीकृत भएसँगै कार्यान्वयनका लागि आवश्यक कार्यविधि, मापदण्ड तथा मार्गदर्शन निर्माणको प्रक्रिया सुरु गरिएको छ। कार्यक्रमलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग प्राविधिक सहयोग र सहकार्यसमेत प्रस्ताव गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)