मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बङ्गालको खाडीमा विकसित चक्रवातले नेपालमा असर पार्दैन : मौसमविद् [भिडियो]

hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ । हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीले नेपालको मौसममा कुनै प्रभाव नपार्ने मौसम विज्ञान विभागले स्पष्ट पारेको छ।

मौसमविद् डेभिड ढकालले बङ्गालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भए पनि यसले नेपालमा असर नगर्ने बताए। हालसम्मको मौसमी विश्लेषणअनुसार उक्त प्रणालीले नेपालको मौसममा उल्लेखनीय फेरबदल ल्याउने या वर्षाको गतिविधि बढाउने सम्भावना नरहेको उनको भनाइ छ। विभागले उक्त प्रणालीको अवस्था, सम्भावित मार्ग (ट्र्याक) र दिशाबारे निरन्तर अनुगमन गरिरहेको र यसको मार्गमा कुनै परिवर्तन आएर नेपालमा असर पर्ने देखिएमा आवश्यक जानकारी गराइने उनले स्पष्ट पारे।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)