'सुनकोशी गाउँपालिका कप' मंसिर २१ देखि
canadanepal.com · Sun Nov 15 09:13:25 UTC 2026
ओखलढुङ्गा- ओखलढुङ्गाको सुन्कोशी गाउँपालिकाले ‘सुनकोशी गाउँपालिका कप-२०८३’ (अन्तर-पालिका पुरुष फुटबल प्रतियोगिता) आयोजना गर्ने भएको छ। ‘संस्कृति, पर्यटन, कृषि र पूर्वाधार: समावेशी सुनकोशी समृद्धिको आधार’ भन्ने नाराका साथ उक्त प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईले जनाएका छन् ।
गाउँपालिकाले सूचना जारी गर्दै सम्पूर्ण स्थानीय तह, खेलाडी तथा खेलप्रेमीहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ। प्रतियोगिता आगामी मंसीर २१ देखि २४ गतेसम्म सुनकोशी-५, ओखढुङ्गास्थित मुलखर्क खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले मंसीर १८ गतेसम्ममा आफ्नो दर्ता प्रक्रिया पूरा गरिसक्नुपर्नेछ। टिम दर्ताका लागि दर्ता शुल्क रु. १०,०००/-, बीमा शुल्क रु. १,०००/- र धरौटी बापत रु. २,०००/- निर्धारण गरिएको अधिकृत राईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)