बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडा नजिक विस्फोट
canadanepal.com · Sun Nov 15 09:13:42 UTC 2026

काठमाडौँ - इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान बहराइनमा विस्फोटका आवाज सुनिएका छन्। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
स्थानीय समयअनुसार आइतबार बिहान करिब ४ बजे पहिलोपटक विस्फोटको आवाज सुनिएको थियो। त्यसपछि बिहान ६ः३० बजेतिर पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन्। घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत नागरिकलाई सतर्क रहन सूचना जारी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)