मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

arthasansar.com · Sun Nov 15 09:03:57 UTC 2026

चीनले विद्युतीय व्यावसायिक विमान पहिलोपटक चालक दलका सदस्यसहित सफल परीक्षण गरेको छ । चीनले शनिबार सीई– २५ ए नामक विद्युतीय विमानको सफल परीक्षण गरेको सिह्नाले जनाएको छ । चाइना कमर्सियल एयरक्राफ्ट कर्पोरेसन (कोम्याक) का अनुसार शनिबार चीनको पूर्वी प्रान्त शान्दोङको बिन्झोउ क्षेत्रमा उक्त विमानले पहिलो मानवसहितको उडान गरेको हो ।

उक्त परीक्षण उडानका क्रममा विमानमा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर सवार थिए । उडानका क्रममा विमानले सामान्य रूपमा काम गरेको र यसको कार्यसम्पादनसम्बन्धी सबै सूचक अपेक्षाअनुसार रहेको कोम्याकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)