‘बाटुलो जुन’ को सफलताको शिखर चुम्दै छोरा अनमोल, आमा सुस्मिता पुगिन् सगरमाथा आधार शिविर
kalakarmi.com · Sun Nov 15 09:14:07 UTC 2026

काठमाडौं– यतिबेला नेपाली फिल्म क्षेत्रमा अभिनेता अनमोल केसीको नाम चर्चामा छ । कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘बाटुलो जुन’ व्यवसायिक रुपमा सफल भैरहँदा अनमोलको अभिनयको पनि उत्तिकै प्रशंसा भइरहेको छ । फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको छ । दर्शकबाट फिल्मको टिकट नपाएको गुनासोसमेत सुनिन थालेको छ ।
छोरा अनमोल अभिनित फिल्मले सफलताको उचाइ चुमिरहेका बेला उनकी आमा तथा अभिनेत्री सुस्मिता लामाले भने वास्तविक जीवनमै अर्को उचाइ चुमेकी छिन् । उनी ५ हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प) पुग्न सफल भएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)