दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
lokaantar.com · Sun Nov 15 09:12:08 UTC 2026

इलामको सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महतले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन् ।
चार वर्षअघि ३० लाख रूपैयाँमा लगानीमा ‘बीएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरेका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच दुहुना र पाँच वटा चाँडै बियाउने स्थितिमा छन् । फार्ममा १४ बाच्छी पनि हुर्किरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)