मधेशमा छठको उल्लास, आज अस्ताउँदो सूर्यलाई ‘सझुका अर्घ्य’ दिइँदै (फोटो फिचर)
annapurnapost.com · Sun Nov 15 09:21:51 UTC 2026

जनकपुरधाम : अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने सामाजिक आस्थाको महाפּर्व छठको उल्लास छाएको छ। धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट सूर्योपासनाको पर्व छठ अहिले उल्लासमय बनेको छ।
धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्व छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ अन्तर्गत आज ‘सझुका अर्घ्य’ दिइने भएको हो। पछिल्लो समयमा छठ तराई-मधेश मात्र नभई देशकै महत्त्वपूर्ण पर्वको रूपमा परिचित हुँदै राजधानी काठमाडौँमा समेत भव्यतापूर्वक मनाइँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)