मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घाटामा गयो राष्ट्रिय जीवन बीमा कम्पनी, कसले लिने जिम्मेवारी ?

ajakoartha.com · Sun Nov 15 09:25:00 UTC 2026

काठमाडौं - मुलुकमा राम्रो ख्याती कमाएको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड घाटामा गएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६५ लाख ४४ हजार रुपैयाँ खुद घाटामा गएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनी यस वर्ष घाटामा पुगेको हो।

कम्पनीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको खुद बीमाशुल्क आर्जन भने बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ४ अर्ब ५० करोड ४६ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको खुद बीमाशुल्क ६.९८ प्रतिशतले बढेको देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)