मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुलामञ्चमा दुबो पुनःरोपण तथा संरक्षण गर्न जुटे कांग्रेस नेता–कार्यकर्ता

annapurnapost.com · Sun Nov 15 09:25:37 UTC 2026

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चमा दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता जुटेका छन् । आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भएका हुन् ।

महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा पुगेका थिए । सहमहममन्त्री प्रतिमा गौतमले १५ औँ अधिवेशनमा खुलामञ्चमा रोपिएको दुवोमा क्षति पुगेका कारण यसलाई पहिलाको जस्तै स्वरुपमा राख्न दुबो रोप्ने काम गरिएको बताए । उनले दुबो रोप्ने मात्र नभइ यसको संरक्षण पनि गरिने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)