अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
nepalviews.com · Sun Nov 15 09:39:04 UTC 2026

काठमाडौं । तुर्कीएमा भैरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा करिब एक दर्जन कार्यक्रमहरुमा सहभागी भइ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।
उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धि सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्वोधन गरे । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरुको गठवन्धन’मा नेपाललाई १०५ औं (नयाँ) सदस्यका रुपमा सामेल गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारे नीतिगत अवधारणा छलफलका लागि पेश गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)