मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अपर तामाकोशीको नाफामा गिरावट, विद्युत बिक्रीबाटै हुने आम्दानी करिब ४ अर्ब

arthasansar.com · Sun Nov 15 09:40:23 UTC 2026

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा गिरावट आएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको असोज मसान्तसम्ममा कम्पनीको यस्तो नाफा १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ३ अर्ब ९४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)