रोनाल्डोको सम्मानमा पोर्चुगलले ७ नम्बर जर्सीको नयाँ डिजाइन गर्दा विवाद
kendrabindu.com · Sun Nov 15 09:45:03 UTC 2026
काठमाडाैं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट २३ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर अन्त्य गरेपछि उनको चर्चित जर्सी नम्बर ७ को भविष्यलाई लिएर चर्चा चुलिएको छ । पोर्चुगल फुटबल महासंघले रोनाल्डोको विरासतलाई सम्मान गर्ने भन्दै सात नम्बरको जर्सीमा नयाँ डिजाइन ल्याएको छ । तर, महासंघको यो निर्णयले समर्थक असन्तुष्ट बनेका छन् ।
राष्ट्रिय टोलीबाट बिदाइको घोषणा गर्दै रोनाल्डोले आफूले लगाउँदै आएको सात नम्बरको जर्सी राष्ट्रिय टोलीलाई फिर्ता गर्ने समय आएको बताएका थिए । करिब दुई दशक सात नम्बरको जर्सी लगाएका उनले पोर्चुगलका लागि १४६ गोल गरेका छन् । उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरो कप र सन् २०१९ तथा २०२५ मा नेसन्स लिगको उपाधि जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)