मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

arthasansar.com · Sun Nov 15 09:45:34 UTC 2026

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति दुईवटा विमान आपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। ट्याक्सीवेमा गुडिरहेका बेला कोपा एयरलाइन्सको बोइङ ७३७ र यूपीएसको बोइङ ७६७ कार्गो विमान एकापसमा ठोक्किएका हुन्।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार कोपा एयरलाइन्सको विमानको पखेटाको टुप्पोले यूपीएस विमानको अगाडिको भागमा ठक्कर दिएको थियो। स्थानीय समयअनुसार राति करिब ९ः१५ बजे भएको घटनाको पुष्टि विमानस्थलका सञ्चार निर्देशक ग्रेग चिनले गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)