मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह

nepallive.com · Sun Nov 15 09:40:09 UTC 2026

वीरगञ्ज - पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको जनाइएको छ । छठ पर्वका अवसरमा घाटमा हुने सम्भावित चोरी तथा लुटपाटका घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले श्रद्धालु भक्तजनलाई महँगा सुनका गहना लगाएर छठघाटमा नआउन आग्रह गरेको छ ।

पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले छठ पर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन श्रद्धालुहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)