भेला सकिएपछि एमालेको केन्द्रीय कमिटी बैठक बस्ने
ajakoartha.com · Sun Nov 15 09:48:00 UTC 2026

काठमाडौं - राष्ट्रिय कार्यकर्ता भेला लगत्तै नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले मंसिर २ र ३ गते हुने राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । प्रचार विभाग प्रमुख निरज आचार्यले आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको जानकारी दिए ।
‘राष्ट्रिय भेला लगत्तै स्थानीय तहका जनप्रतिनिधिहरुको भेला र भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भन्ने भएको छ,’ आचार्यले भने । यद्यपी, केन्द्रीय कमिटी बैठकको एजेण्डा भने तय भइनसकेको आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)