तीन महिनामै नेपाल टेलिकमले कमायो १ अर्ब ८२ करोड खुद नाफा
kendrabindu.com · Sun Nov 15 09:49:41 UTC 2026

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिकमा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ३७.३५ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको खुद मुनाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेको थियो । यस वर्षको सोही अवधिमा खुद मुनाफा ४९ करोड ४९ लाख रुपैयाँले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)