मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रद्धा र भक्तिभावका साथ छठ पर्व मनाइँदै, वीरगञ्जका छठघाटमा भक्तजनको घुइँचो

kalakarmi.com · Sun Nov 15 09:46:49 UTC 2026

वीरगञ्ज- तराई–मधेसको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानका रूपमा स्थापित छठ पर्व आज आइतबार हर्षोल्लास र भक्तिभावका साथ मनाइँदै छ । सूर्य भगवान र छठी माताको आराधना गरिने यस पर्वका अवसरमा वीरगञ्जसहित तराई–मधेसका विभिन्न जिल्लाका नदी, पोखरी, तलाउ तथा जलाशय किनारमा निर्माण गरिएका छठघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ ।

चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत् रूपमा सुरु हुन्छ । पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व सम्पन्न गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)