मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चालु खाता घाटा २५ अर्ब ८० करोड डलर पुग्दा पनि पुँजी आप्रवाहले भारतको शोधनान्तर स्थिति ६६ अर्ब ८० करोड डलर बचतमा

clickmandu.com · Sun Nov 15 09:54:28 UTC 2026

एजेन्सी । वस्तु व्यापार घाटा विस्तार हुनुका साथै खुद आय बहिर्गमन बढेपछि चालु आर्थिक वर्ष २०२६÷२७ को पहिलो अर्धवार्षिक अवधि (अप्रिल–सेप्टेम्बर) मा भारतको चालु खाता घाटा (सीएडी) फराकिलो भई २५ अर्ब ८० करोड डलर पुगेको छ ।

भारतको केन्द्रीय बैंक (आरबिआई) ले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक शोधनान्तर स्थिति सम्बन्धी तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा १८ अर्ब डलर रहेको थियो । बैंकिङ पुँजी लगायतका पुँजी आप्रवाहमा आएको तीव्र वृद्धिका कारण भारतको समग्र शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भई अघिल्लो वर्षको ६ अर्ब ४० करोड डलरको घाटाबाट उल्टिएर ६६ अर्ब ८० करोड डलर बचतमा पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)