छठी माताप्रति उषा खड्गीको अगाध आस्था, बाल्यकाल सम्झिँदा नोस्टाल्जिक
kalakarmi.com · Sun Nov 15 09:54:51 UTC 2026

काठमाडौं– मिस नेपाल २००० तथा अभिनेत्री उषा खड्गीको छठी माताप्रति अगाध आस्था रहेको छ । बाल्यकालदेखि नै छठ पूजा तथा आराधना गर्दै हुर्किएकी उनी अहिले पनि छठ पर्वलाई उत्तिकै श्रद्धा र उत्साहका साथ मनाउने गर्छिन् ।
माइतीघर वीरगञ्जमा हजुरआमाले हरेक वर्ष छठको व्रत बस्ने गरेको स्मरण गर्दै उषाले हजुरआमाको निधनपछि घरमा नियमित रूपमा छठ व्रत बस्ने परम्परा रोकिएको बताइन् । तर, छठप्रतिको आफ्नो आस्था भने कहिल्यै कम नभएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)