मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन, ड्रोनबाट निगरानी गरिने

nepallive.com · Sun Nov 15 09:55:00 UTC 2026

दमक - छठ पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दमकस्थित रतुवा खोला किनारमा १०० जना प्रहरी परिचालन गरिने भएको छ । पूजा स्थलमा प्रहरी सहायता कक्ष स्थापना गर्नुका साथै ड्रोनमार्फत समेत निगरानी गरिने भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रमोद खड्काले छठ पर्वको सुरक्षाका लागि आवश्यक तयारी गरिएको जानकारी दिएका हुन् । उनका अनुसार भक्तजनको सुरक्षा र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)