मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाको उत्तराधिकारीका निम्ति रस्साकस्सी, शशांकका नाममा सहमतिको प्रयास

baahrakhari.com · Sun Nov 15 09:55:17 UTC 2026

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहमा सभापति बन्न चाहने आकांक्षीबीच आन्तरिक रस्साकस्सी सुरु भएको छ । सभापतिका आकांक्षी धेरै देखापरेपछि देउवा स्वयंचाहिँ डा. शशांक कोइरालाका नाममा सहमति जुटाउने प्रयासमा रहेका समूहका नेताहरू बताउँछन् ।

देउवा समूहले आउँदो मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन गर्दै छ । डा. कोइरालाका नाममा सहमति जुटाउँदै सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको नेताहरूको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)