आन्तरिक पर्यटकको गन्तव्य बन्दै नदी किनार
kendrabindu.com · Sun Nov 15 10:04:48 UTC 2026

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-३ स्थित नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । ब्रम्हस्थानमा पर्ने यस स्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यको रूपमा विकास हुँदै गएको हो ।
नदी किनारमा चटपट तथा पानीपुरीको ठेला राख्दै आएका माधव अर्यालले सार्वजनिक बिदा तथा चाडपर्वको समयमा यहाँ आन्तरिक पर्यटकहरुको उपस्थिति उल्लेख्य रहने गरेको बताए । “सामान्य दिनमा २००/२५० जनाको हाराहारीमा आगन्तुक आउने गरेकामा सार्वजनिक बिदाको दिनमा ५०० को हाराहारी पुग्छन्”, उनले भने, “तिहारको बेला यहाँ दैनिक एक हजारभन्दा बढीको सङ्ख्यामा आगन्तुक आएका थिए ।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)