मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा जलवायु वित्तको मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

kendrabindu.com · Sun Nov 15 10:20:01 UTC 2026

काठमाडौं । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे ।

त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ (नयाँ) सदस्यका रूपमा साहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारे नीतिगत अवधारणा छलफलका लागि पेस गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)