मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवनलाई २४ रनले हराउँदै कर्णाली याक्स विजयी

kendrabindu.com · Sun Nov 15 10:29:13 UTC 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत २७औँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ। कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो।

चितवनका लागि उसामा मिरले सर्वाधिक २८ रन बनाए। उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे। कमिल मिशाराले १७ बलमा २५ र देव खनालले १३ बलमा १४ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)