मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदीप पौडेलको चेतावनी सरकारलाई – तर्साएर शासन गर्ने प्रयास नगर्नू

nepallive.com · Sun Nov 15 10:33:55 UTC 2026

स्याङ्जा– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् । उनले नेपाली कांग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताए ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क)को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महामन्त्री पौडेलले लोकतन्त्रको वकालत गर्ने कांग्रेस पार्टीको आवाज दबाउने प्रयास भइरहेको बताए । निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)