मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२२ करोड पर्ने सेतो हेरोइनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

annapurnapost.com · Sun Nov 15 10:26:59 UTC 2026

काठमाडौं : लागू औषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५.५ किलोग्राम सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय ड्रग्स तस्करी गिरोहका मुख्य व्यक्तिलाई पक्राउ गरेको छ। ब्युरोको कोटेश्वरस्थित शाखा कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरनमा खटिएको प्रहरी टोलीले शनिबार भारतीय नागरिक रेवारज तिघारेलाई पक्राउ गरेको हो।

थाइल्याण्डबाट नेपाल आएका उनलाई शङ्का गरी जाँच गर्ने क्रममा उनको लगेज (झोला) भित्र रहेको खरायो र बिरालोको खानेकुराको प्याकेटभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको लागू औषध बरामद गरिएको हो। बरामद गरिएको ५.५ किलोग्राम सेतो हेरोइनको नेपाली बजार मूल्य (प्रति ग्राम रु. ४०,००० का दरले) २२ करोड रुपैयाँ रहेको र भारत पुगेपछि अझ महँगो पर्ने प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)