कर्णाली छैटौँ, अन्तिम खेलमा चितवनविरुद्ध २४ रनको जित
baahrakhari.com · Sun Nov 15 10:35:00 UTC 2026
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको अन्तिम खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । यो जितसँगै कर्णालीले तेस्रो सिजन छैटौँ स्थानमा रहँदै टुंग्याएको छ । टोलीले सातमध्ये तीन खेलमा जित र चार हार व्यहोर्यो ।
आइतबार (कात्तिक २९) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याएको चितवनले १९.२ ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)