मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीसँग चितवन पराजित

khabarhub.com · Sun Nov 15 10:32:07 UTC 2026

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्ससँग चितवन राइनोज पराजित भएको छ । कर्णालीसँग चितवन २४ रनले पराजित भएको हो । कर्णालीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय २९ रनमा समेटियो ।

चितवनका लागि उसामा मीरले सर्वाधिक २८ रन बनाए । २३ बल खेलेर नट आउट रहेका उनले २ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी, चितवनका कामिल मिसाराले २५ रन बनाए । कुशल मल्लले १८ र देव खनालले १४ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)