मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीसँग चितवन २४ रनले पराजित

aarthiknews.com

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । १५४ रनको लक्ष्य पछ्याएको चितवनले १२९ रन मात्रै बनाउन सक्यो । जसमा कमिल मिसराले २५, उसमा मिरले २८ रन बनाए ।

कर्णालीका हुसैन तलतले ३, पवन सराफ र मार्क वाटले २/२ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन बनायो । जसमा हुसैन तलतले ५१, अरिफूल स्लामले ३५ रनको योगदान गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)