एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
canadanepal.com · Sun Nov 15 10:48:54 UTC 2026

गण्डकी - अन्नपूर्ण संरक्षण क्षेत्रमा गत अक्टोबर महिनामा ४१ हजार ७५८ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा चार हजार ६८२ ले बढी हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत वर्ष अक्टोबरमा ३७ हजार ७६ जना विदेशी पर्यटक उक्त क्षेत्रमा पुगेका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टोबरमा पर्यटकको आगमन बढ्ने गरेको आयोजनाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)