रामपुर आयुर्वेद अस्पतालमा योगहल निर्माण
gorkhapatraonline.com · Sun Nov 15 10:53:02 UTC 2026

रामपुर आयुर्वेद अस्पतालमा योगहल निर्माण भएको छ। नियमित योग अभ्यास हुँदैआएको अस्पतालमा योग साधकहरु बढ्दै गएपछि सहजताका लागि योगहल निर्माण गरिएको हो ।
लुम्बिनी प्रदेश सरकार र रामपुर नगरपालिकाको सहयोगमा निर्माण भएको योगहलको लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले समुद्घाटन गर्नुभयो । आइतबार विहान योगहलको समुद्घाटन गर्दै श्रेष्ठले स्वास्थ्यका लागि योग अपरिहार्य रहेकाले योग साधनाको सुरुवात आफैँबाट गर्नुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)