मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलले गरे छठी माताको पूजा आराधना

hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८३ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । उनले प्रथम महिला सबिता पौडेलसहित पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अगाडि बागमती किनार गौरीघाटको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाअर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेलले गौरीघाटको छठ पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् । राष्ट्रपति पौडेल गुहेश्वरीमा पुग्दा सांसदहरू विष्णुदेवि पुडासैनी र पुकार बम, पशुपति विकास कोषका पदाधिकारी, जनप्रतिनिधि र छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)