मुख्य सामग्रीमा जानुहोस्

समाचार

Tourism

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

khabarhub.com · Sun Nov 15 10:58:26 UTC 2026

गण्डकी- गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो । गत वर्षको अक्टुबरमा ३७ हजार ७६ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबरमा बढी पर्यटक आउने गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए ।

एक महिनाको अवधिमा भित्रिएका कुल ४१ हजार ७५८ पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १९ हजार २०७ र बाँकी अन्य देशका पर्यटक रहेका छन् । सन् २०२६ सुरु भएयता सबैभन्दा बढी गत जुनमा एक लाख आठ हजार ७०३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा कडरियाले जानकारी दिए । उनका अनुसार उक्त याममा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । दश महिनाको अवधिमा सबैभन्दा कम जनवरीमा २० हजार ६३ पर्यटक भित्रिएका उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)