पोखराविरुद्ध काठमाडौंले टस जितेर रोज्यो बलिङ
kendrabindu.com · Sun Nov 15 11:00:42 UTC 2026
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
टस जितेको काठमाडौंले पोखरालाई पहिले ब्याटिङको निम्तो दिएको हो। प्लेअफमा स्थान पक्का गरिसकेको काठमाडौं गोर्खाज पोखराविरुद्ध जित निकाल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिने लक्ष्यसहित मैदानमा उत्रिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)