मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बहराइनस्थित अमेरिकी सैन्य अखडामा इरानको ड्रोन आक्रमण दाबी, विस्फोटपछि सतर्कता

hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेसँगै आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन्। सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे पहिलो विस्फोटको आवाज सुनिएको थियो भने बिहान ६ः३० बजेतिर पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन्। घटनापछि सुरक्षा साइरन बजाइएको थियो र अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)